कोरोना अपडेटः १२६८ संक्रमित, २१९५ डिस्चार्ज, ९ जनाको मृत्यु

कोरोना अपडेटः १२६८ संक्रमित, २१९५ डिस्चार्ज, ९ जनाको मृत्यु

  • शनिबार, भदौ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

नेपालमा आज १ हजार २६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार २९५ जनामा र एन्टिजेनविधिबाट ८४ हजार ९३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

देशभर हाल ३१ हजार ९२६ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये २९ हजार ६५८ जना होमआइसोलेसनमा, २ हजार १६८ जना संस्थागत आइसोलेसनमा, ५५४ जना सघन उपचार कक्षमा र १७२ जना भेन्टिलेटरमा रहेका छन् ।
२४ घण्टामा २ हजार १९५ जना निको पनि भएका छन् । कूल संक्रमितमध्ये ७ लाख २५ हजार ६५१ जना डिस्चार्ज भएका छन् ।

२४ घण्टामा थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म १० हजार ८१८ जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ