नेपाल इन्भेष्टर्स फोरमद्वारा सेयर धितोकर्जाको सीमा खारेज गर्न माग

नेपाल इन्भेष्टर्स फोरमद्वारा सेयर धितोकर्जाको सीमा खारेज गर्न माग

  • शुक्रबार, भदौ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौं, १८ भदौ । नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकबाट गरिएको सेयर धितो कर्जासम्बन्धी विभेदकारी तथा अव्यावहारिक नीतिलाई तत्काल खारेज गर्न माग गरेको छ । फोरमले सेयर धितो कर्जाका कारण सेयर बजारमा लगातार गिरावट आएको भन्दै धितोकर्जामा भएको १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको  हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जा एक व्यक्ति वा एक संस्थाले बढीमा १२ करोडसम्म लिन सक्ने व्यवस्था गरेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुले कोर क्यापिटलको ४० प्रतिशत मात्र सेयर धितो कर्जा प्रवाह गर्न पाउँछन् जुन ऋण लगानीको २ दशमलव ५ प्रतिशत मात्र हो ।

यसरी सीमा तोक्दा ऋण सुविधा लिन लगानीकर्ताहरुलाई सास्ती परेको फोरमले जनाएको छ । लगानीकर्ताले ऋण लिन तीनवटा बैंक तथा वित्तीय संस्था धाउनुपर्ने भएकाले यो निकै झन्झटिलो भएको फोरमको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी