काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन

काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन

  • शुक्रबार, भदौ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, १८ भदौं ।  नेकपा (एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ । भारतीय हस्तक्षेपविरुद्ध प्रर्दशनी मार्गस्थित आरआर क्याम्पस अगाडि विरोध प्रर्दशन गर्दै अनेरास्ववियुले शुक्रबार मोदीको पुतला जलाएको हो ।

विरोध प्रर्दशनीमा अनेरास्ववियुले भारतीय हस्तक्षेप मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे जस्ता नारा लगाएको थियो ।माधव नेपालनिकट अनेरास्ववियुले जलायो मोदीको पुतला « News of Nepal

प्रर्दशनका क्रममा मोदीको पुतला जलाउन खोज्दा प्रहरीले खोस्न थालेपछि झडपसमेत भएको थियो । झडपमा परी अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त र सचिव अशोक थापा घाइते भएका छन् ।

अनेरास्ववियुका सचिव मेघनाथ चापागाईंका अनुसार अध्यक्ष पराजुलीको छाती र हातमा आगोले पोलेको छ । उनलाई मोडल अस्पतालमा उपचार पश्चात कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ