बाढीपहिरोको उच्च जोखिममा अमलसेडी बस्ती, सुरक्षित स्थानमा सार्न माग

बाढीपहिरोको उच्च जोखिममा अमलसेडी बस्ती, सुरक्षित स्थानमा सार्न माग

  • शुक्रबार, भदौ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

बाजुरा, १८ भदौ । बाजुराको बडिमालिका नगरपालिका–२ मैमातोला अमलसेडी बस्ती बाढी कटानको उच्च जोखिममा परेको छ । बुढीगंगा नदीले कटान गर्न थालेपछि बस्ती बाढी पहिरोको जोखिममा परेको हो ।

अमलसेडीवासीको जमिन बुढीगंगाले वर्षेनी कटान गर्दै आएको छ । २ वर्षयता बस्ती नै जोखिममा परेको छ । बस्ती तलबाट जमिन विस्तारै कटान गर्न थालेपछि आफूहरु पूर्ण रुपमा विस्तापित हुने अवस्थामा पुगेको स्थानीय मीनबहादुर रोकायाले बताए ।

उनकाअनुसार नियमित रुपमा परिरहेको वर्षाका कारण स्थानीयको खेतीयोग्य जमिन बुढीगंगा नदीले कटान गर्दै बस्तीको आँगनीसम्म पुगेको छ । स्थानीयको ३० रोपनीभन्दा बढी रहेको जमिन नदीले अहिले कटान गरेको छ । बाटो नदीले कटान गरेपछि आवतजावत गर्नसमेत समस्या भएको छ ।

तलबाट नदीले विस्तारै कटान गरेपछि स्थानीयले सुरक्षित स्थानमा सार्न माग गरेका छन् । गत वर्षबाट नदीले उग्र रुप लिएर विस्थापित बनाएको स्थानीयले बताएका छन् । स्थानीय सरकारलाई गुहार गर्दा पनि कुनै वास्ता नगरेको रोकायाले गुनासो गरे ।

बडिमालिका नगरपालिका २ का वडाध्यक्ष डम्मरबहादुर महतले भने बस्ती तत्कालै सुरक्षित स्थानमा सार्नका लागि पहल गरिरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ