र्‍यापिड एक्सनमा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. रोका, यसरी खटिरहेका छन् फिल्डदेखि कार्यालय सम्म !

र्‍यापिड एक्सनमा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. रोका, यसरी खटिरहेका छन् फिल्डदेखि कार्यालय सम्म !

  • बिहिबार, भदौ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 20.1K
    SHARES

युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य सहित सरकारले १३ वर्ष अघि स्थापना गरेको स्वरोजगार कोष यतिखेर निकै सक्रिय छ । रिण लगानी गरी युवालाई उद्यमि एवं स्वरोजगार बनाउने, त्यसको अनुगमन गर्ने गराउने देखि द्रुत गरीमा सहज रुपमा रिण प्रदान गर्ने कार्यमा अहिले कोषले द्रुत गतिमा काम गरीरहेको छ ।
शुरुमा कोषमा देखा परेका अस्तव्यवस्तता, रिण असुलीका समस्या देखि कर्जा प्रवाहमा समेत केही समस्या, ढिलासुस्ती भएपनि केही समययता कोषले नयाँ नेतृत्व पाएसँगै काम कार्बाहीमा तीव्रता आएको हो ।
कोषमा नियुक्ति लिएर आए लगत्तै नयाँ योजना सहित अघि बढेका कार्यकारी उपाध्यक्ष एवं राजनीतिक अर्थशास्त्री डा. देवराज रोका कल्याणले नयाँ नयाँ योजना, नारा र अभियान सहित कोषलाई अगाडी बढाईरहेका छन् । विहान सबेरै कार्यालय आएर फायल अध्ययन, विभागीय प्रमुखहरुसँग छलफलदेखि साँझ सम्म बसेर पनि कोषको काम सम्हालिरहेका छन् कार्यकारी उपाध्यक्ष डा. रोकाले ।

अहिले युवालाई मात्रै नभएर ६० वर्ष सम्मका नागरिकलाई पनि व्यवशायीक कर्जा प्रवाह शुरु गरिएको छ भने अधिकतम दुई लाख दिने नीतिलाई समेत केही संसोधन गर्दै व्यवशाय हेरेर उपाध्यक्षको सिफारीसमा ५ लाख सम्म समेत कर्जा उपलव्ध गराउने नीति पनि यो वर्षबाट शुरु भएको छ । यसले युवाहरु थप लाभान्वित हुनेछन् ।

उनी कोषको नेतृत्वमा आएपछि हाल सम्म सँयौँ सहकारीहरुले रिण लगानी सम्झौता गरीसकेका छन् । कोशी ईकोनोमिक करिडोर, तराई मधेश स्वरोजगार कार्यक्रम, कर्णाली आर्थिक करिडोर जस्ता विभिन्न भौगोलिक विशेषताका आधारमा उत्पादन, व्यवशाय र आर्थिक समृद्धिसँग जोडेर यो अभियान चलाईदैछ ।
अहिले कोषले गुणात्मक रुपले कामलाई अगाडी बढाएसँगै डा. रोका आफै फिल्ड अनुगमनमा समेत निस्कने गरेका छन् । हालै उनले उदयपुरका विभिन्न सहकारीहरुको अनुगमन गर्नुका साथै युवामा लगानी बढाएर समृद्ध नेपाल सुखी नेपालीको नारा लाई सार्थक तुल्याउन भूमिका खेल्नु पर्नेमा जोड दिएका छन् ।

सरकारले बहुप्रणाली र बहुद्धारबाट कर्जा, अनुदानको जुन सुविधा दिएको छ यसलाई एकै द्धारबाट गर्दा अझ राम्रो परिणाम निकाल्न सकिने अवस्था छ , त्यसका लागि सरकारले प्रयास गर्नेछ भन्ने अपेक्षा गरेको छु , हामीले सुझाव पनि दिईरहेका छौँ , डा. रोकाले भने ।

उदयपुर कृषि सहकारी संस्थामा हालै अन्तरक्रिया तथा अनुगमन गर्ने कार्य सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि थिए कोषका कार्यकारी उपाध्यक्ष डा. रोका । उनले सहभागीहरुलाई प्रशिक्षण दिँदै उत्पादन र व्यवशायको महत्वबारे प्रशिक्षण दिएका थिए ।
यसै गरी जिल्लाकै चुरियामाइ बचत तथा ऋण सहकारी संस्था लालपता र युवा तथा साना व्यवसायी स्वरोजगार कोष बीचको सम्झौता अनुरुप कोष को उपाध्यक्ष डा.देबराज रोका (कल्याण) को प्रमुख आतिथ्यतामा पहिलो चरण को २३ जना युवाहरु लाई कर्जा लगानीको लागि रकम हस्तान्तरण गरिएको छ ।
डा. रोकाका अनुसार यस वर्ष उदयपुरमा कम्तीमा तीन हजार युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य राखिएको छ ।
यसै गरी जिल्लाकै सहयोगि बचत तथा ऋण सहकरी सस्था र उधमशिल बहुउद्देश्यीय सहकरी सस्था लि. लगायतका सहकारीले रिण सम्झौता अनुसार लगानी भएको व्यवशाय र उत्पादन क्षेत्रको अनुगमन डा. रोकाले गरेका थिए ।
झापादेखि कन्चनपुरसम्म ताप्लेजुङदेखि दार्चुला सम्म कोषले द्रुत गतिमा रिण लगानी विस्तार गरीरहेको छ । अहिले मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा स्वरोजगार कार्यक्रम विस्तार भईसकेको छ ।
अहिले युवालाई मात्रै नभएर ६० वर्ष सम्मका नागरिकलाई पनि व्यवशायीक कर्जा प्रवाह शुरु गरिएको छ भने अधिकतम दुई लाख दिने नीतिलाई समेत केही संसोधन गर्दै व्यवशाय हेरेर उपाध्यक्षको सिफारीसमा ५ लाख सम्म समेत कर्जा उपलव्ध गराउने नीति पनि यो वर्षबाट शुरु भएको छ । यसले युवाहरु थप लाभान्वित हुनेछन् ।
कोषबाट कर्जा लिएर गरिने उत्पादनका काम र व्यशायको समेत बीमा सुविधा, कर्जा लिने व्यवशायीको समेत बीमा हुने भएकाले अतिरिक्त सुविधा समेत दिईएको छ ।

No description available.

आफ्नो सक्रियताबारे मिर्मिरेको प्रश्नमा कोषका कार्यकारी उपाध्यक्ष डा. रोका भन्छन्, देशमा जुन बेरोजगारीको स्थिति छ, जसरी लाखौँ युवाहरु बाहिरिनु परेको छ रोजगारीका लागि त्यो स्थितिको अन्त्य गर्ने, रोजगारी सृजना गर्ने, उत्पादन क्षेत्रलाई बृद्धि गर्ने र समग्रमा देशलाई आर्थिक विकास गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानकै लागि भनेर कोषले प्रयास गरीरहेको छ । त्यसैले हामीले सबैतिर प्रत्यक्ष अनुगमन, युवाहरुको मानसिकतामा परिवर्तन ल्याउन लागि परेका छौँ, भने ।

May be an image of 12 people, including कल्याण रोका, people standing, outdoors and tree

उनले कोषमा केही नीतिगत परिवर्तनको आवस्यकता रहेको पनि औल्याए । सरकारले बहुप्रणाली र बहुद्धारबाट कर्जा, अनुदानको जुन सुविधा दिएको छ यसलाई एकै द्धारबाट गर्दा अझ राम्रो परिणाम निकाल्न सकिने अवस्था छ , त्यसका लागि सरकारले प्रयास गर्नेछ भन्ने अपेक्षा गरेको छु , हामीले सुझाव पनि दिईरहेका छौँ , डा. रोकाले भने ।
डा. रोका आफू जसरी जागिर खान हैन देशलाई समृद्ध बनाउन, युवाहरुलाई स्वरोजगार र स्वावलम्बन बनाउने अभियान सोचेर आएको स्मरण गर्दै मातहतका विभागीय प्रमुख र कर्मचारीलाई पनि सोही बमोजिम परिचालन र निर्देशित गरिरहेका छन् ।

डा. रोका आफै अर्थशास्त्रमा विद्यावारीधी गरेका विज्ञ भएकाले र नेपाली अर्थतन्त्रको पछौटेपनाका कारणहरुको जानकार रहेकाले पनि थोरै भए पनि कोष मार्फत गर्न सकिने कामका लागि अहोरात्र खटिरहेको देखिन्छ । कोषको यो अभिप्राय र उपाध्यक्षले देखाएको सक्रियतालाई सरकारले उचित सहयोग पुर्याउने र युवाहरु उत्साहपूर्वक जोडिने हो भने यो अभियानले सफलता पाउनेमा दुईमत देखिँदैन ।

May be an image of 1 person, standing and indoor

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी