हतियार सहित दुई जना पक्राउ, लागू औषध सहित तीन नियन्त्रणमा

हतियार सहित दुई जना पक्राउ, लागू औषध सहित तीन नियन्त्रणमा

  • बुधबार, भदौ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

मोरङ, भदौ १६ गते । मोरङ कानेपोखरी–६ स्थित शिवालय चोकका ३० बर्षीय रुद्र बहादुर क्षेत्री हतियार सहित पक्राउ परेका छन् । क्षेत्रीको घरमा हतियार लुकाई राखेको छ भन्ने बिशेष सूचनाका आधारमा हिजो राती सँवा ११ बजे खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्ने क्रममा १ थान पेस्तोल र ४ राउण्ड गोली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । क्षेत्रीसँगै सोही स्थानका ४० बर्षीय पूर्ण बहादुर बोहरा समेतलाई पक्राउ अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ

झापा, १६ गते । झापा अर्जुनधारा–४ मदनपुर स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ बर्षीय एबिट बुढाथोकी,३० बर्षीय सजित समाल र अर्जुनधारा(३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन् । उनिहरुलाई बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । साथै उनिहरुको साथबाट नगद ४९ हजार ५ सय रुपैया समेत फेला पारी बरामद गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ