भदौ १६, काठमाडौं । आज शेयर बजारमा सामान्य वृद्धि भएको छ तर कारोबार रकम भने घटेको छ । नेप्से परिसूचक १ दशमलव १४ अंकले बढेर २ हजार ९७६ दशमलव ९८ विन्दुमा पुगेको छ ।
आज जम्मा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार बराबरको मात्रै कारोबार भएको छ ।
यो दिन सर्वाधिक रकमको शेयर कारोबार अरुणभ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको रू. ५९ करोड ९९ लाख ३६ हजार बराबरको शेयर कारोबार भएको हो ।
बुधवारको शेयर कारोबारमा होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७६ प्रतिशत बढेको छ भने बैंकिङ्गको शून्य दशमलव ४ प्रतिशत , जीवन बीमाको शून्य दशमलव ४४ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य १ प्रतिशत परिसूचक बढेको छ ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ७५ प्रतिशत घटेको छ । त्यस्तै व्यापारिकको शून्य दशमलव २ प्रतिशत, विकास बैंकको शून्य दशमलव ७ प्रतिशत, जलविद्युतको शून्य दशमलव ५८ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ४ प्रतिशत, अन्यको शून्य दशमलव शून्य ८ प्रतिशत, लघुवित्तको शून्य दशमलव ११ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३८ प्रतिशत परिसूचक घटेको छ ।
यस दिन रू रू जलविद्युत् परियोजनाको शेयरमूल्य सर्वाधिक ७ दशमलव ५५ प्रतिशत घटेको छ ।