काठमाण्डौं उपत्यकाको निषेधाज्ञा अन्त्य, तर विद्यालय खोल्न डिसिसिएमसीसँग समन्वय गर्नु पर्ने

काठमाण्डौं उपत्यकाको निषेधाज्ञा अन्त्य, तर विद्यालय खोल्न डिसिसिएमसीसँग समन्वय गर्नु पर्ने

  • बुधबार, भदौ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाण्डौँ उपत्यकामा कोरोना महामारी नियन्त्रणका लागि विगत पाँच महिनादेखि जारी गरिएको निषेधाज्ञा अन्त्य भएको छ । विद्यालय बाहेक प्राय सबै मनोरञ्जनका क्षेत्र समेत खुल्ने भएका छन् ।
स्वास्थ्य मापदण्ड पालना गर्दै सबै क्षेत्र खोल्न अनुमति दिने जिल्ला प्रशासन कार्यलय काठमाण्डौँ, ललितपुर र भक्तपुरका सिडिओहरुको बैठकले निर्णय गरेको हो । गत बैशाखदेखि निषेधाज्ञा गरिएको थियो ।
विद्यालय सञ्चालनको हकमा भने नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।
उपत्यका भित्र पनि गोकर्णेश्वर लगायतका स्थानीय तहमा विस्तारै विद्यालयहरु खुल्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ