सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको जनयुद्धकालीन मुद्धाको पेशी आज पनि सरेको छ । संवैधानिक ईजलाशमा परेको यो मुद्धामा पहिला सापकोटाका पक्षमा बहस गरेका कानुन व्यवशायी हरिकृष्ण कार्की अहिले न्यायधीश भएर ईजलाशमा बसेका कारण हेर्न नमिल्ने सूचीमा परेको हो ।
द्वन्द्वकालीन मुद्दाको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबरा सम्मिलित न्यायाधीशहरू दीपककुमार कार्की,मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलाशमा परेको थियो ।
द्वन्द्वकालको समयमा अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सभामुख सापकोटालाई दोषी ठहर गर्न माग गर्दै दायर गरिएको मुद्धाको पेसी आज इजलाशमा चढेको हो ।
अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा,पत्रकार कनकमणि दिक्षित,मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते सो मुद्धा दर्ता गरेका थिए । मुद्धा दर्ता गर्दा अग्नि सापकोटा सूचना तथा सञ्चार मन्त्री थिए । यस मुद्धामा अर्को पेशीको मिति तोकिएको छैन ।