आजदेखि उठ्न थाल्यो काठमाडौंमा फोहोर, व्यवस्थापन गर्न एक महिना लाग्ने

आजदेखि उठ्न थाल्यो काठमाडौंमा फोहोर, व्यवस्थापन गर्न एक महिना लाग्ने

  • बुधबार, भदौ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १६ भदौ । ल्याण्डफिल्ड साइट वरपरका स्थानीय र काठमाडौं महानगरपालिकाबीचको सहमतीपछि काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन थालेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर महानगरपालिकाले आज विहानदेखि उठाउन थालेको हो ।

गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइट पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो भने ल्याण्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए । जसका कारण राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको छैन ।

मंगलवार साँझ काठमाडौं महानगरपालिकाको वातावरण विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको हो । महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ, सिसडोल इञ्चार्ज सरकारदीप श्रेष्ठ, महानगरीय प्रहरी बृत्त बालाजुका इञ्चार्ज डीएसपी निर्मल बुढाथोकी र नुवाकोटको ककनी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठ बलामीबीच ९ बुँदे सहमति भएको हो ।

सहमति अनुसार महानगरपालिकाले नुवाकोटको तीनपिप्ले–सिसडोल सडक दुई साताभित्र ग्राभेल गर्ने छ भने कालोपत्रेका लागि तत्कालै टेण्डर प्रक्रिया शुरु गरिने छ । यस्तै फोहोर ढुवानी गर्ने गाडीहरुमा लिचेड बक्सको व्यवस्था गर्ने र तीनपिप्ले–सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न पाइने छैन ।

उता, सरकारले उपत्यकाको फोहोर ब्यवस्थापनका लागि दीर्घकालीन योजना अन्तर्गत खोजी गरेको बञ्चरेडाँडामा पनि आगामी शुक्रबारदेखि फाहोर ब्यबस्थापन गर्न शुरु गरिने पनि महानगरपालिकाले जनाएको छ । अब कुनै अवरोध नभए उपत्यकाको संपूर्ण फोहोर उठाएर ब्यवस्थापन गर्न एक महिना लाग्ने महानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ