पञ्चकन्याले आफ्नो ४९औं वार्षिकोत्सव मनायो

पञ्चकन्याले आफ्नो ४९औं वार्षिकोत्सव मनायो

  • बुधबार, भदौ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

पञ्चकन्या ग्रुपले आफ्नो ४९औं वार्षिकोत्सव मनाएको छ । सोहि अवसरमा ग्रपले ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको ९१औं जन्मोत्सव पनि मनायो । सो कार्यव्रmममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन, सिलिण्डर तथा हेभी इक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।

यस अन्तरगत वर्षभरी पञ्चकन्या डन्डी बिक्री गरी प्रथम हुने न्यू बज्रयोगिनी ट्रेडर्स, कलंकी, काठमाडौं, दोस्रो हुनेमा पञ्चकन्या आइरन स्टोर, जनकपुर र तेस्रो हुनेमा बेबी इन्टरप्राइजेज, जनकपुर त्यसैगरी प्लास्टिक डिभिजन अन्र्तगत प्रथम हुने मयुर फौसेट्स, काठमाडौं, दोस्रो किसान टे«डिङ्ग, बुटवल, तेस्रो प्रसन्न ट्रेडलिङ्क एण्ड सप्लायर्स, बुटवल, साथै एसएस ट्याङ्क विभाग अन्र्तगत प्रथम हुने मयुर फौसेट्स, काठमाडौं, दोस्रो किसान टे«डिङ्ग, बुटवल, तेस्रो पञ्चकन्या सप्लायर्स, बुटवल त्यसैगरी रुफिङ्ग डिपाट्मेन्ट अन्र्तगत प्रथम स्थान हुने किसान टे«डिङ्ग, बुटवललाई सम्मान गरियो ।

कार्यक्रममा ईम्प्लोइ अफ द इयरबाट प्रजन ताम्राकार, आई.टि विभाग र म्यानेजर अफ द इयर भरत खत्री, स्टील विभागलाई र मस्ट प्रोमिसिङ्ग अवार्डबाट अलिना श्रेष्ठ, कमल सुवेदी, प्लास्टिक विभाग, असिम धिताल हाइड्रो विभाग र अजय शर्मा प्रशासन विभागलाई सम्मान गरियो । त्यसैगरी स¥ह्रानीय कार्य गर्ने तथा लामो समय सेवा अवधी पूरा गरेका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

त्यसैगरी राम्रो कार्य गर्ने अन्य कर्मचारीहरुलाई समेत प्रसंशा–पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरियो । उक्त कार्यव्रmममा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठज्यूको सु–स्वास्थ्य, दिर्घायू कामना गर्दै पञ्चकन्याको विगत र हालसम्मको औद्योगिक यात्रा तथा बजारमा निरन्तर गुणस्तरीय उत्पादन ल्याउन सक्षम रहेको बारे चर्चा गरियो । साथै संचालकज्यूहरुले आफ्नो संलग्नता र ग्रुपको उद्देश्य, अवधारणा, भावी कार्य योजना, मूल्य मान्यता र हासिल गरेका उपलब्धीहरु बारे मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ