पकहामैनपुर गाउँपालिकामा अपांग परिचय पत्र वितरण शुरु

पकहामैनपुर गाउँपालिकामा अपांग परिचय पत्र वितरण शुरु

  • मङ्लबार, भदौ १५, २०७८
  • दिपक चौरसिया

  • 23.5K
    SHARES

पर्सा १५ भाद्र । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकाले आज वडा नम्बर १ को धोरे बाट अपांग कार्ड वितरण शुरु गरेको छ । पकहामैनपुर गाउँपालिकाका प्रमुख बिजय चौरासीयाको नेतृत्वमा सो वडामा आफैं घरमा पुगेर कार्ड वितरण गर्नु भएको हो ।

उहाँले आफ्नो पालिका भित्र रहेका अपांगहरु पालिका सम्म आउन नसक्ने भएकोले घर दैलोमा पुगेर उक्त कार्ड वितरण गरेको प्रमुख चौरासीयाले बताएका छन।वडा नम्बर १ देखि वडा नम्बर ५ सम्म रहेको सो वडामा रातो,निलो र सेतो गरि ४ प्रक्रियाका कार्डहरु वितरण गरिएको छ।रातो कार्ड पाएका ब्यक्तिले रु ४ हजार पाउने गरेको छ भने निलो कार्ड पाएका ब्यक्तिले रु २ हजार पाउने गरेको प्रमुख चौरासीयाले बताएका छन् ।

उहाँले आफ्नो पालिका भित्र पुर्णअपाङ्गता भएका ब्यक्तिहरु सबैभन्दा धेरै रहेको बताए।वडा नम्बर १ मा १२ जना वडा नम्बर २ मा ६ जना वडा नम्बर ३ मा १४ जना वडा नम्बर ४ मा २० वडा नम्बर ५ मा १७ जना गरि ५ वडा गरि ६९ जनालाई अपांगता कार्ड वितरण गरिएको छ।अहिलेसम्म आफुले पालिका भित्र स्वास्थ्य,शिक्षा,भौतिक पुर्वधार,जेष्ठ नागरिक,एकल महिला,सहिद परिवार,दलित,पिछडा वर्ग र अति विपन्न परिवारलाई समेत पालिकाले सहयोग गदै आइरहेका विपक्षीहरु अहिले आतिन थालेको प्रमुख चौरासीयाले बताए ।

२० वर्षमा नभएको विकास आफुले ४ वर्षमा गरेर देखाएको बताउँदै अब बाकी रहेका केही विकास निर्माण कार्य शुरु भइरहेको बताए ।घर दैलो कार्यक्रममा उपप्रमुख कुसुमी देवी,प्रशासकीय अधिकृत रमेश सुवेदी महिला विकासका सुनिता देवी,बृजकिशोर बर्णवाल नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का पुर्व सदस्य जगत राई,मिरमिरे अनलाइन र नाइस टेलिभिजनका प्रमुख दिपक चौरासीया,प्रमोद सहनी ,सुरेन्द्र पडित,अम्बिका महत एवम् स्थानीयको बासिन्दाहरुको उपस्थित रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ