अष्टलक्ष्मीको सत्ता संकटः उनैले नियुक्त गरेका मन्त्री समेत लागे समाजवादीतिर

अष्टलक्ष्मीको सत्ता संकटः उनैले नियुक्त गरेका मन्त्री समेत लागे समाजवादीतिर

  • मङ्लबार, भदौ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

मुख्यमन्त्री बनेको दुई साता पनि वित्न नपाउदै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सत्ता संकटमा परेको छ । एमाले विभाजित भए लगत्तै उनी माधव नेपालको साथ छाडेर एमालेमै बसेकी थिईन् । उनलाई डोरमणि पौडेललाई राजीनामा गराउदै मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
तर निर्वाचन आयोगमा एकीकृत समाजवादी दर्ता भएर जनप्रतिनिधिलाई दल रोज्ने मौका दिएपछि अहिले १२ सांसदले एकीकृत समाजवादी रोजेका छन् । यसले एमाले प्रष्ट अल्पमतमा परेको छ । मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेका सामाजिक विकास मन्त्री नै उनको साथ छाडेर समाजवादीतिर खुलेका छन् । राजेन्द्र पाण्डे सहित १२ जनाले समाजवादीको पक्षमा सनाखत गरेका छन् ।
डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन्।

बागमतीमा ९२ सदस्यीय प्रदेश सभामा एमालेका ५१, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक(एक सांसद छन्।
एकल बहुमतसहित मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजन भएर १२ सांसद एकीकृत समाजवादीतिर लागेपछि अल्पमतमा परेकी हुन्।
अब शाक्य विरुद्ध अविस्वासको प्रस्ताव ल्याउने वा विस्वासको मत लिन नसकेपछि समाजवादीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन गठबन्धन लाग्ने तयारीमा छ । त्यसो भएमा एक महिना हाराहारीमै शाक्यले पद गुमाउन पुग्ने निश्चित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ