सुदुरपश्चिमका बहुमत एमाले सांसदले पछ्याएनन् भीम रावललाई , १३ जना एमाले छाडेर समाजवादीतिर लागे

सुदुरपश्चिमका बहुमत एमाले सांसदले पछ्याएनन् भीम रावललाई , १३ जना एमाले छाडेर समाजवादीतिर लागे

  • मङ्लबार, भदौ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एमाले सिंगो पार्टी हुँदा सुदुरपश्चिम प्रदेशका प्रभावशाली नेता रहेका भीम रावल माधव नेपालको साथ छाडेर एमालेमै रहेपछि धेरै त्यस भेगका नेता उनको पछि लाग्ने अनुमान गरिएको थियो । तर प्रदेशका सांसदले सो अनुमानलाई गलत सावित गर्दै बहुमत सांसद एमाले छाडेर एकीकृत समाजवादीतिर खुलेका छन् । २५ जना एमाले सांसद मध्य बहुमत अर्थात १३ सांसद समाजवादीतिर खुलेका हुन् । उनीहरुले निर्वाचन आयोगमा सनाखतको तयारी गरेका छन् ।
त्यसरी समाजवादीतिर लाग्ने सांसदहरुमा दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट रहेका छन् ।
त्यस अघि बागमती प्रदेशका १२ र प्रदेश १ का १० जना सांसदले समाजवादी रोजेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ