शेयर बजारमा उच्च गिरावट , एकै दिन ७० अंकले घट्यो परिसूचक

शेयर बजारमा उच्च गिरावट , एकै दिन ७० अंकले घट्यो परिसूचक

  • मङ्लबार, भदौ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

काठमाडौं। शेयर बजारमा पछिल्लो दुई महिना यताकै सबै भन्दा ठूलो गिरावट आएको छ । यसले बजारमा लगानीकर्ताहरु निराश भएको संकेत देखिएको छ । मंगलबार बजार सुरु देखिनै ओरालो लागेर ६९.०५ अंकले घटेको छ । मंगलबार म्युचुअल फण्ड सहित २२७ कम्पनीको सेयर कारोबारमा आएकोमा २०० कम्पनीको सेयर मूल्य घटेको छ। मूल्य बढ्नेमा १४ वटा कम्पनी मात्रै रहेका छन्।
कर्णाली विकास बैंकको सेयर मूल्य सर्वाधिक ७ प्रतिशतले बढेको छ। मनकामना स्मार्ट लघुवित्तको सेयर मू्ल्य ६ प्रतिशत र सपोर्ट लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै घट्नेमा भने रुरु जलविद्युत कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ। माउन्टेन हाइड्रोको मूल्य ७ प्रतिशत र हिमालयन ऊर्जा विकासको सेयर मूल्य ६ प्रतिशतले घटेको छ। सबै उपसमूह रातो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूह ४१५ अंकले घटेको छ। निर्जीवन बीमा समूह ३२२ अंक, विकास बैंक समूह २११ अंक, उत्पादन समूह १७६ अंक, माइक्रोफाइनान्स १६८ अंक, जलविद्युत समूह १२५ अंक, फाइनान्स समूह ११६ अंक र व्यापार समूह १०६ अंकले घटेको छ।

अन्य उपसमूह पनि २३ देखि ६४ अंक सम्मू घटेका छन्। लगानी र म्युचअल फण्ड मात्रै सामान्य घटेका छन्। आज १३ अर्ब २६ करोड रुपैयाको शेयर कारोबार भएको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक एक अर्ब एक करोड रुपैयाँको कारोबार भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ