ग्याँस बुलेटको ठक्करबाट साईकल यात्रीको मृत्यु

ग्याँस बुलेटको ठक्करबाट साईकल यात्रीको मृत्यु

  • मङ्लबार, भदौ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

पर्सा १५ भाद्र । बिरगंजमा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । वीरगंज महानगरपालिकाको वडा नं। २५ ड्राइपोर्टमा भारतिय नम्बरको ग्यास बुलेटको ठक्करले साइकल यात्रीको मृत्यु भएको छ ।

ड्राइपोर्टबाट निस्किएको एन।एल। ग्यास बुलेटल ०१ ए.बि. ४३७३ नम्बरको ग्यास बुलेटले बहुअरी चौकमा ठक्करदिदा पर्साको बहुदरमाई नगरपालिका वडा नं. २ पिपरा निवासी ३० बर्षिय लालबाबु साह मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

ड्राइपोर्टबाट निस्किरहेको ग्यास बुलेटले मंगलबार दिउसो १२ बजे तिर बहुदरमाईबाट साइकलमा बीरगञ्ज आउँने क्रममा ड्राइपोर्ट बहुअरी चौकमा ट्याकरले पछाडीबाट साहलाई ठक्कर दिएको स्थानिय प्रत्यदर्शीहरुको भनाई छ ।

मृतकको शव परिक्षणको लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएको उनले जानकारी दिए । ठक्कर दिने ग्यास बुलेट र चालक ललन कुमार रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ