विवेकशील साझा फेरी फुटको संघारमा, मिश्र र पाण्डेले बोलाए छुट्टा छुट्टै बैठक

विवेकशील साझा फेरी फुटको संघारमा, मिश्र र पाण्डेले बोलाए छुट्टा छुट्टै बैठक

  • मङ्लबार, भदौ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

भदौ १५ काठमाडौँ । विवेकशील साझा पार्टी फुटको संघारमा पुगेको छ । पार्टीमा मतभेद चर्किएपछि अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन् । गत वर्ष मंसिर २४ गते विवेकशील र साझा पार्टीबीच एकीकरण भएको थियो ।

सो पार्टी गठन भएपछि यो दोस्रो विभाजको सन्निकट छ । यसअघि सो पार्टी २०७५ पुस २७ मा विभाजित भएको थियो । पहिलो पटक २०७४ साउन ३ पहिलो पटक एकीकरण भएको थियो ।

अध्यक्ष मिश्र र संयोजक पाण्डेले बिहीबारका लागि केन्द्रिय समितिको छुट्टाछुट्टै बैठक बोलाएका हुन् । मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल पठाउँदै संयोजक पाण्डेले अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको कारण एजेण्डामा सहमति जुट्न नसकेको कारणले लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठक बोलाएको बताएका छन् ।

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बिहीबार अध्यक्ष मिश्रले बिहीबार साढे १२ बजेका लागि बैठक बोलाएको बताए ।

यसअघि मिश्रले संघीयता र धर्म निरपेक्षताको विषयमा जनमतसंग्रह गर्नुपर्ने माग गरेपछि पार्टी भित्र विवाद बढेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ