नेप्सेमा आज पनि पहिरो, अधिकांश समुहमा भारी गिरावट

नेप्सेमा आज पनि पहिरो, अधिकांश समुहमा भारी गिरावट

  • आइतवार, भदौ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं । साताको पहिलो कारोबार दिनमै आज शेयर बजारमा पुनः पहिरो गएको छ । बजार परिसुचक नेप्से ४९ अंकले ओरालो लागेर ३ हजार ४५ बिन्दुमा ओर्लिएको छ ।
यसदिन जीवन बिमा समुहमा सबैभन्दा उच्च ३ सय ४ अंकको गिरावट आउँदा निर्जिवन बिमा समुह पनि २ सय ५३ अंकले झरेको छ ।

अरु सबैजसो समूह दोहोरो अंकले ओरालो लाग्दा मात्र वित्त समुह २१ अंकले सुधारियो । यसदिन २८ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ५७ कम्पनीको मूल्य ओरालो लाग्यो ।

यसदिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा रुरु जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।

यसदिन २ सय २७ कम्पनीको २ करोड ४८ लाख कित्ता शेयर १५ अर्ब ६५ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ