पछिल्लो केही दिन देखिको निरन्तर बर्षाले बाढी पहिरो र डुवानको समस्या बढीरहेको छ । यो वर्षा अझै केही दिन सम्म हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज कर्णाली र सुदुरपश्चिम प्रदेशमा बढी वर्षा हुने महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जन र चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
भोलि पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनर चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको छ ।
यस्तै पर्सी मंगलबार देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने छ भने प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित ब्यापक वर्षाको हुने महाशाखाले जनाएको छ । निरन्तर झरीले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ ।