पर्सा, १२ भदौ । बेचबिखनमा परेका ७ जना पीडित महिलाहरुलाई भारतको विहार राज्य पूर्वी चम्पारण
थाना छौँडादानो नगर पञ्चायत छौँडादानो-११ आदापुर बजार भन्ने स्थानबाट उद्दार गर्नुका साथै उक्त कार्यमा संलग्न २ जनालाई वीरगंज महानगरपालिका १६ इनर्वाबाट बिहीबार
प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो(११ ठेगाना भएका २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषा लगराइन बस्ने २४ वर्षीया ममता कुमारी भन्ने अजिमा खातुन रहेका छन् ।
विभिन्न जिल्लाबाट ७ जना महिलाहरुलाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो-११ आदापुर बजार भन्ने स्थानमा पुर्याई बेचबिखन भइरहेको भन्ने
सूचना जिल्ला प्रहरी कार्यालय पर्सामा प्राप्त भएपश्चात खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी आफन्त नेपाल संस्थासँगको सहकार्यमा ती महिलाहरूको उद्दार गरेको हो ।