नेपालमा आज १८५७ जना कोरोना संक्रमित थपिएका छन् । १३१७६ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ ।
त्यसै गरी आज २२२२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै कुल निको हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेका छन् ।
यसै गरी आज संक्रमणका कारण २७ जनाको ज्यान गएको छ । कोरोनाबाट हाल सम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline