दोदा नदीको बाढीबाट डुबानमा परेका १०४ जनाको उद्धार

दोदा नदीको बाढीबाट डुबानमा परेका १०४ जनाको उद्धार

  • शुक्रबार, भदौ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

कञ्चनपुर, ११ भदौ ।  दोदा नदीको बाढीबाट डुबानमा परेका पुर्नवास नगरपालिका–५ सिमरीका परिवारलाई सशस्त्र प्रहरीले आज उद्धार गरी सुरक्षित स्थानमा राखेको छ । सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार डुबानमा परेका १०४ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरीका जवानसँगै नेपाल रेडक्रसका स्वयंसेवकहरूले डुबानमा परेका परिवारलाई उद्धार गर्नमा सघाएका छन् । चुरे क्षेत्रमा भएको अविरल वर्षाका कारण दोदा नदीमा बाढी आउँदा गएराति पानी बस्तीमा पसेपछि सिमरी गाउँ पुरै डुबानमा परेको हो ।

बाढीको पानी गाउँमा पसेपछि स्थानीय किसानले लगाएको धान, उखु, मकैलगायतको बालीमा समेत नोक्सानी पु¥याएको छ । बाढीको पानीकै कारण आज दिनभर हुलाकी राजमार्गको आवागमनसमेत प्रभावित भएको थियो । बाढीका कारण घर डुबानमा परेकाको तत्काल उद्धार गरिएको र तिनीहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइसकेको विपद् व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज रानाले बताउनुभयो ।

माटोको गा¥हो प्रयोग गरी बनाइएका कच्ची घरहरू भत्किएका छन् । घरमा फर्किने अवस्था नआउँदासम्म पीडितलाई खाना बस्न र औषधि उपचारका लागि नगरपालिकाले व्यवस्था गर्ने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताउनुभयो । डुबानमा परेका परिवारको खाद्यान्न, लताकपडा सबै कामै नलाग्ने अवस्थामा रहेको छ । दुई दिनदेखि लगातारको चुरे क्षेत्रमा भएको वर्षापछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाका बस्ती डुबानमा परेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ