थप २४३३ मा सङ्क्रमण, २६ जनाको निधन

थप २४३३ मा सङ्क्रमण, २६ जनाको निधन

  • बिहिबार, भदौ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन दुई हजार ४३३ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ३७४ जनामा परीक्षण गर्दा दुई हजार ४३३ जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३८ हजार ३८४ जना रहेका छन् ।

यस्तै सङ्क्रमणबाट आज एक हजार ९२९ जना निको भएका छन् । अहिलेसम्म सात लाख पाँच हजार ८९३ जना निको भइसकेका तथ्याङ्कमा उल्लेख छ । नेपालमा निको हुने दर ९३।५ प्रतिशत रहेको छ ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ६३८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३५८।५ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।

यस्तै ६२० जना सघन उपचार कक्ष, १६५ जना भेन्टिलेटर, ३५ हजार ३५४ जना होम आइसोलेसन, तीन हजार ३० जना संस्थागत आइसोलेसन र ३६६ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा सङ्क्रमणको दर १९।५ प्रतिशत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ