ओलीले एमालेलाई प्राईभेट कम्पनी भएकाले बिद्रोह गरेका हौँः नेपाल

ओलीले एमालेलाई प्राईभेट कम्पनी भएकाले बिद्रोह गरेका हौँः नेपाल

  • बिहिबार, भदौ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले एमालेलाई प्राईभेट कम्पनी बनाएका कारण आफूहरुले विद्रोह गरेको बताएका छन् । बुद्धनगर स्थित क्वालीटी पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले नयाँ पार्टी बनाउने रहर नभए पनि ओलीको व्यवहारका कारण बाध्य भएर आफूहरुले नयाँ पार्टी बनाएको बताए ।
उनले ओलीकै कारण नेकपा विभाजित भएको, सरकार असफल भएको, पार्टी विभाजित हुँदा भोजभतेर गरेको आरोप पनि लगाए ।
नेपालले ओली गुटबाट तत्काल छुटकारा लिएर कम्युनिष्ट आन्दोलनको पुनर्गठनमा केन्द्रीत हुन एमाले कार्यकर्ताहरुलाई आव्हान गरे । जनताको जिम्मेवारीबाट भाग्ने, दषिणपन्थी भाषमा पार्टीलाई लैजाने, संसद विघटन गर्नेलाई साथ नदिनुस्, नेपालले अपील गरे ।
ओली पहिला राजतन्त्र ढल्दैन भन्थे जनताले ढाले, अहिले नयाँ पार्टी चल्दैन भन्छन् हामी चलाउछौँ, उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ