भीम आचार्यलाई उपहारः माधवको साथ छाड्ने वित्तिकै मुख्यमन्त्रीको शपथ

भीम आचार्यलाई उपहारः माधवको साथ छाड्ने वित्तिकै मुख्यमन्त्रीको शपथ

  • बिहिबार, भदौ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

विराटनगर । नाटकीय ढंगले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्यले सपथ ग्रहण गरेका छन् ।

विराटनगरको होटल एसियाटिकमा आजै संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्रीको सपथ गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ ।

प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आजै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा दिएलगत्तै आचार्यले सपथ ग्रहण गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले माधव नेपालको साथ छाड्दा आफू निकटका बागमतीका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाएका थिए ।
सोही प्रवृतिमा प्रदेश १ को मुख्यमन्त्री शेरधन राईको हकमा पनि देखिएको छ । शेरधन राईलाई राजीनामा गराएर भीम आचार्यलाई मुख्यमन्त्री बनाईएको छ ।
यी दुबै मुख्यमन्त्रीले विस्वासको मत पाउने संभावना भने कम रहेको समाजवादीका नेताहरुको दाबी छ ।
निर्वाचन लगत्तै मुख्यमन्त्री हुने चाहना राखेका आचार्य एमाले भित्रै संसदीय दलको नेताको निर्वाचनमा पराजीत भएपछि मुख्यमन्त्री बन्न पाएका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ