शेयर बजारमा आज पनि उच्च गिरावट

शेयर बजारमा आज पनि उच्च गिरावट

  • बुधबार, भदौ ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

भदौ ९, काठमाडौं । शेयर बजारमा आज पनि ठूलो गिरावट आएको छ ।

आज ४८ दशमलव ४२ अंक घटेर ३ हजार ७६ दशमलव ४४ विन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६७ प्रतिशत अर्थात् ९ दशमलव ६७ अंक घटेर ५६७ दशमलव ९९ विन्दुमा झरेको छ ।
मंगलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि सार्वजनिक गरेको एकीकृत निर्देशनमा मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा एक वर्ष भित्र १२ करोडमा झार्न भनेसँगै बजार प्रभावित भएको देखिएको छ । यस्तै जलविद्युतको शेयरको अचाक्ली मुल्यवृद्धिलाई लिएर विद्युत नियमन आयोगले दिएको चेतावनीपछि पनि बजार प्रभावित भएको ठानिएको छ ।
बुधवार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । मंगलवार रू १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार बराबरको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार भएकोमा बुधवार रू। १२ अर्ब ९ करोड २१ लाख ३ हजार बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर कारोबार भएको हो ।

यस दिन अरुण काबेली पावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको रू ४८ करोड ७१ लाख ५ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू। ११ दशमलव ४० ले बढेर अन्तिम मूल्य रू। ७८८ दशमलव ९० पुगेको छ । प्रतिकित्ता रू। ७७७ मा खुला भएको अरुण काबेली पावरको शेयरमूल्य यो दिन न्यूनतम रू। ७४५ देखि अधिकतम रू। ८२१ सम्म पुगेको थियो ।

बुधवार कारोबारमा आएका सबै समूहगत परिसूचकहरु घटेका छन् । यस दिन जीवन विकास लघुवित्त र आईसीएफसी फाइनान्सको शेयरमूल्य उच्च दरमा बढेको छ । जीवन विकास लघुवित्तको १० प्रतिशत र आईसीएफसी फाइनान्सको ९ दशमलव ९९ प्रतिशत मूल्य वृद्धि भएको हो ।

यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ९८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ३९ दशमलव ६० ले घटेर अन्तिम मूल्य रू। ३५७ दशमलव ३० कायम भएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ