सर्वोत्तम सिमेन्टको शेयर श्रीमतीको नाममा किनेर विवादमा तानिएका नेप्सेका सिईओ साउदले दिए राजीनामा

सर्वोत्तम सिमेन्टको शेयर श्रीमतीको नाममा किनेर विवादमा तानिएका नेप्सेका सिईओ साउदले दिए राजीनामा

  • मङ्लबार, भदौ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

८ भदौ, काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर श्रीमतीको नाममा किनेर विवादमा परेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । कार्यकाल सकिन दुई महिना मात्रै बाँकी रहेका बेला साउदले राजीनामा दिएका हुन् । उनलाई अर्थ मन्त्रालयले राजीनामा दिन दबाब दिएपछि राजीनामा दिएको बुझिएको छ । सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेका थिए ।
मंगलबार अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा उनले राजीनामापत्र बुझाएका छन् । उनले आफूले पदीय मर्यादा भने उलंघन नगरेको दाबी भने गरेका छन् ।
संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ