शेयर बजारमा उच्च गिरावट, हाईड्रो पावरमा जबरजस्त बिक्री चाप

शेयर बजारमा उच्च गिरावट, हाईड्रो पावरमा जबरजस्त बिक्री चाप

  • मङ्लबार, भदौ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौं । आज शेयर बजारमा उच्च गिरावट आएको छ । चार दिन सार्वजनिक विदापछि खुलेको बजार ५६.०३ अंकले झरेको हो ।
नेप्से परिसुचक ३१२४ अंकमा सीमित भएको छ। बजारमा २२५ कम्पनीका सेयर किनबेच भएका छन्। दिनभरीमा १६ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बाणिज्य बैंक, जीवन बीमालगायत अधिकांस सूचक ओरालो लाग्दा समग्र बजार तल आएको हो। फाइनान्स र निर्जीवन बीमा समूह मात्र उकालो लागेको छ। फराकिलो अन्तरले विकास बैंक र जलविद्युत कम्पनीको सेयर घटेको छ।
बजारमा १६ कम्पनीको सेयर मूल्य घटेर सर्किट लागेको छ। अधिकांस जलविद्युत कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । हाईड्रो पावरमा जबरजस्त बिक्री चाप देखिएको ब्रोकरहरुको भनाई छ ।
यस अघि अस्वभाविक रुपमा जलविद्युतको शेयर मुल्य बढेपछि विद्युत नियमन आयोगले सचेत भएर लगानी गर्न आग्रह गरेको थियो । प्राय अधिकांश जलविद्युत कम्पनीका शेयरहरुमा बिक्री चाप पाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ