निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का लागि सनाखतको समय तोकेको छ ।
आयोगका अनुसार बिहान ११ः३० बजेदेखि दिँउसो २ बजे भित्र नयाँ दल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुले शसरीर उपस्थित भएर सनाखत गर्नु पर्नेछ ।
पार्टी केन्द्रीय समितिको २० प्रतिशत वा संसदीय दलको २० प्रतिशत सदस्यले सनाखत गर्नु पर्ने छ । त्यसका लागि एमालेको २०३ केन्द्रीय सदस्य मध्य ४१ जनाले शसरीर सनाखतका लागि पुग्नु पर्नेछ । भने सांसद संख्याका हिशाबले २५ जनाको सनाखत आवस्यक पर्छ ।
यस अघि नै आयोगमा ५७ जना केन्द्रीय सदस्यले निवेदनमा हस्ताक्षर गरेका छन् । त्यसो त सांसदहरुको संख्या समेत ३२ जना रहेको दाबी सो पार्टीका नेताहरुको छ ।
अहिले यही सनाखतको तयारी र विधान तथा घोषणा पत्र पारित गर्न समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक चन्द्रागिरी हिल्स रिसोर्टमा बसिरहेको छ ।