काठमाडौं । गृहकार्य नपुगेको भन्दै आज बिहान ११ बजेका लागि बोलाइएको नेकपा एमाले स्थायी कमिटी लिलितपुरको दिँउसो सम्मका लागि सरेको छ । तीन बजे बैठक बस्ने एमालेले जनाएको छ ।
कार्यालय सचिव शेरबहादुर तामाङले आन्तरिक तयारी नपुगेको भन्दै बैठक सारेको जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो एमाले तेस्रो धारका नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्वता व्यक्त गरेपछि आज स्थायी कमिटिको बैठक डाकिएको हो ।
एमालेबाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) गठन गर्नु भएका नेता नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरुसँग बालकोटमा भएको छलफलपछि ओली पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएको बताईएको छ ।
ओलीको सोही प्रतिवद्धताको उल्लेख गर्दै लामो समय माधव नेपालसँगै रहेका भीम रावल, योगेश भट्टराई, घनश्याम भुषाल, भीम आचार्य सहितका नेताहरु एमालेमै बस्न तयार भएका छन् । आजको बैठकमा उनीहरु सामेल हुनेछन् ।