सुनसरी महेन्द्रनगरमा थप एक जना ब्राउन सुगर सहित पक्राउ

सुनसरी महेन्द्रनगरमा थप एक जना ब्राउन सुगर सहित पक्राउ

  • मङ्लबार, भदौ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

सुनसरी, भदौ-८ गते । सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका ८ शुक्रवारेबाट हिजो साँझ साढे ६ बजे थप १ जना लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी  ३ का २५ बर्षीय रुद्रनारायण कुमार यादव रहेका छन् । गत ६ गते ब्राउन सुगर सहित पक्राउ परेका मानिसहरुले दिएको सुचनाको आधारमा यादवलाई ब्राउन सुगर ५२ ग्राम र उनले प्रयोग गरेको BR.50K0386 नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकल सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका यादव सोधपुछ गर्दा यस अघीनै पक्राउ परेका पुरुषोतम मेहताको घरमा थप ब्राउन सुगर लुकाई राखेको छ भनि खुलाई दिए पश्चात प्रहरी गई मेहताको घरमा खानतलासी लिदा थप १७ ग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ