आफ्नै बाबु र श्रीमतीको अनैतिक सम्बन्धको आशंकामा युवाले गरेको दुबैको हत्या

आफ्नै बाबु र श्रीमतीको अनैतिक सम्बन्धको आशंकामा युवाले गरेको दुबैको हत्या

  • मङ्लबार, भदौ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 26K
    SHARES

आफ्नै बाबु र श्रीमतीबीच अनैतिक सम्बन्धको आशंकाका कारण एक युवाले दुबै जनाको हत्या गरेको खुलेको छ ।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीया अमरिकादेवी मण्डलको हत्या भएको हो ।
हत्या आरोपमा मृतक मण्डलका छोरा भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ। भागेश्वरले आफ्नै बाबु र श्रीमतीलाई मारेर बारीमा खाल्डो खनेर पुरेको भेटिएको छ । प्रहरीले शव उत्खनन् गरेर निकालेको छ ।
बुवा र श्रीमती ( ससुरा बुहारी ) बीच अनैतिक सम्बन्ध थियो र त्यसैले विवाद हुँदै आएको भनेर भागेश्वरले प्रहरीलाई प्रारम्भिक बयान दिएको बुझिएको छ ।
यसबारे थप अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ । भागेश्वर वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ