पेट्रोलियम पदार्थको मुल्य पुनः वृद्धि

पेट्रोलियम पदार्थको मुल्य पुनः वृद्धि

  • मङ्लबार, भदौ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । वृद्धि गएरातिबाटै कार्यन्वयनमा आएको छ ।
निगमले विज्ञप्ति जारी गर्दै भारतबाट नै मूल्य बढेर आएको जनाउँदै पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य २ रुपैँयाका दरले बढाएको हो । नयाँ कायम मूल्य अनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय १३ रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाउँदै प्रतिकिलोलिटर ७ सय ७० अमेरिकी डलर कायम भएको छ ।

यस्तै, खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ । नयाँ मूल्य सूची अनुसार अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय ५० रुपैँया कायम भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ