काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी एकताको लागि आफुलाई तेस्रो धार बताउने नेताहरु आजको बैठकमा सहभागि हुने बताईएको छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो एमाले तेस्रो धारका नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्वता व्यक्त गरेको माधव नेपालको साथ छाडेर तेस्रो धार भनिदै आएको समुहका नेता योगेश भट्टराईले बताए ।
एमाले विभाजन हुनु अघि एकताका लागि आधार तयार गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति जुटाएको थियो । त्यही सहमति कार्यान्वयनमा लैजान ओली तयार भएपछि नेपालको साथ छोडेका नेताहरु संस्थापनमा फर्कन तयार देखिएका हुन् ।
यद्यपि, माधव नेपाल पक्षका अन्य नेताहरु भने यो भ्रम र पार्टी दर्ता प्रकृया प्रभावित पार्ने खेल मात्र भएको भन्दै विस्वस्त हुन सकेका छैनन् । यो सहमति र वार्तालाई मधव नेपालले भ्रम भनेका छन् ।