मानुषी लघुवित्तको आईपिओ बाँडफाँट भएको छ । आज बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टको कार्यलयमा बाँडफाँट भएको हो।
लघुवित्तको आईपिओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण भएको छ । गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाएका छन् ।
लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदक मध्ये ९८.४७ प्रतिशत आवेदकको हात रित्तो भएको छ ।
लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।
लघुवित्तको आईपिओमा आवेदन दिएकाहरुले निम्न साईटमा गएर केही समय पछि नतिजा हेर्न सक्नेछन् । नेपाल एसबीआई मर्चेन्टको आधिकारीक साईटमा गएर पनि आफ्नो बिओआईडी नम्बर हानेर नतिजा हेर्न सकिने छ । केही समय पछि नतिजा अपडेट हुने मर्चेन्टले जनाएको छ । https://www.manushilbs.com/, https://iporesult.cdsc.com.np/