काठमाडौं । युनिभर्सल तामिल युनिभर्सिटीले इन्टरनेसनल फ्रेन्डसिप सोसाईटिका अध्यक्ष तथा समाजसेवी प्रदीप खनाललाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।
भारत, मदुराई, तामिलनाडुस्थित विश्वविद्यालयले शनिबार अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष उहाँलाई अन्तरराष्ट्रिय समाजसेवामा पुर्याएको योगदानबापत सो उपाधि प्रदान गरेको हो ।
इलाम, जीतपुर निवासी ४८ वर्षीय खनाल ३० वर्षदेखि निरन्तर विश्वव्यापी मित्रता, अन्तरराष्ट्रिय ऐक्यबद्धता, विश्वशान्ति, धार्मिक सद्भाव, संस्कृतिलगायत क्षेत्रमा क्रियाशील छन् । खनाल बेलायतस्थित बुद्ध इन्टरनेशनल ट्रष्टको सहसंस्थापक पनि रहिसकेका छन्
त्यस अवसरमा भारतका अन्य छ व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधि प्रदान गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline