मलेसियाबाट एकैदिन २४ जना नेपालीको शव र अस्थु नेपाल आइपुग्यो

मलेसियाबाट एकैदिन २४ जना नेपालीको शव र अस्थु नेपाल आइपुग्यो

  • आइतवार, भदौ ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

काठमाडौं, ६ भदौ । मलेसियाबाट एकैदिन २४ जना नेपालीको शव र अस्थु नेपाल आईपुगेको छ । रोजगारीको शिलशिलामा मलेसियामा गएका र विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव र अस्थु नेपाल वायुसेवा निगमको वाइडबडी विमानले शनिबार ल्याएको हो ।

वैदेशिक रोजगार बोर्डले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ । कोभिडका कारण नियमित उडान हुन नसक्दा शव संकलन गरी एकैपटक ल्याइएको पनि वोर्डले जनाएको छ ।

९ वटा शव विमानस्थलबाटै मृतकका घरसम्म पठाइएको र अस्थु भने सम्बन्धित मृतकका आफन्तलाई डाकेर विमानस्थलमा जिम्मा लगाइने पनि बोर्डले जनाएको छ । झण्डै दुइै दशक यता देशको आर्थिक मेरुदण्डको रुपमा रेमिट्यान्स रहँदै आएको छ ।

तर विदेशमा कमाउन गएकाहरु भने शवको रुपमा फर्कने क्रम पनि बढ्दो छ । औसत दिनमा ३ वटा शव विदेशबाट आउने गरेको तथ्यांक वैदेशिक रोजगार वोर्डसंग रहेको छ ।

बोर्डको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १ हजार २४२ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् । यस्तो संख्या अघिल्लो वर्ष ६७४ जना मात्रै थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ