केही समय यता कोरोना संक्रमित निकै बढिरहेका बेला आज भने संक्रमित भन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको हो ।
आज २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् ।
कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसै गरी आज २ हजार ३८२ जना निको भएसँगै हाल सम्म डिस्चार्ज हुनेको संख्या ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
२४ घण्टामा थप ३० जनाको संक्रमणका कराण मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् ।
पछिल्लो समय खोप पनि व्यापक मात्रामा लगाउन थालिएको छ । आज सम्म करीब ५० लाख मानिसले खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।