पुजारी हत्याको मामलामा वडा अध्यक्ष एक घण्टामै रिहा भएको भन्दै विश्व हिन्दु परिषद्को ध्यानाकर्षण

पुजारी हत्याको मामलामा वडा अध्यक्ष एक घण्टामै रिहा भएको भन्दै विश्व हिन्दु परिषद्को ध्यानाकर्षण

  • शनिबार, भदौ ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

विश्व हिन्दू परिषदले विगत २०७७ भाद्र ३ गते का दिन माधव नारायण नगर पालिका वार्ड नं २ खेशरहिया स्थित हनुमान मंदिर को पुजारी श्री राम शाह लाई राती खाना खाई रहेको बेलामा बेधर्मी हरु द्वारा गोली हानी हत्या गरिएको र सो सँग सम्बन्धित अभियुक्तहरुलाई अदालतमा मुद्दा चली रहेको अवस्थामा संदिध मध्ये एक जना शेख (नुरूलाह) वडा अध्यक्षलाई अदालत मा हाजिर भएको एक घण्टा मा नै साधारण तारेखमा रिहा गरिएको भन्दै विश्व हिन्दु परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ ।

विश्व हिन्दु परिषद्ले पँहुचका आधारमा यस्तो फैसला आएको भन्दै जिल्ला प्रशासन मार्फत सरकारको ध्यानार्षण गराएको छ ।
यस्तो व्यवहारले हिन्दु धर्ममा आस्था राख्नेहरुले साधुको हत्याको न्यायका लागि चुप लागेर बस्ने अवस्था नआउने चेतावनी ज्ञापन पत्रमा दिईएको छ ।
रौतहट परिषद् का जिल्ला अध्यक्ष आलोक पाण्डेयको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको थियो । कार्यक्रम मा युवा संयोजक नन्द भुषण श्रीवास्तव, परिषद् का संचार प्रमुख चन्चल झा, उपाध्यक्ष रणधीर ठाकुर, समाजसेवी अभितेन्द्र श्रीवास्तव, परिषद् का महादेव पट्टी प्रमुख धर्म राज पटेल, युवा अभियन्ता एवं पत्रकार सतेन्द्र प्रताप सिंह,रेड टि भी का स्टेशन म्यानेजर अरविन्द यादव, राजदेवी एफएम का प्रत्रकार एवं परिषद् का विशेष सहयोगी श्री कान्त यादव लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ