बैंक अफ काठमाण्डौंद्धारा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालन

बैंक अफ काठमाण्डौंद्धारा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालन

  • शुक्रबार, भदौ ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ, ४ भदौ । बैंक अफ काठमाण्डौ लिमिटेडले ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधा उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

प्रविधिको उच्चतम प्रयोग गरी बैंकले नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गरी ग्राहकले भुक्तानी गर्न सकिने सुविधामा आधारित सेवा सञ्चालनमा ल्याएको हो। यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्यापमात्र गरी भुक्तानी गर्न सकिन्छ।

हालको विश्व महामारीका रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणका लागि यस कन्ट्याक्टलेस कार्डका माध्यमबाट भुक्तानी गर्दा ग्राहकले व्यक्तिगत दूरी कायम गर्न सहज हुने बैंकको विश्वास छ। हाललाई यस प्रविधिमार्फत ग्राहकले प्रतिकारोबार २ हजार रुपैयाँसम्म कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

बैंक अफ काठमाण्डौले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टर सन्चालन गरेको छ । यसका साथै आफ्नो ग्राहकलाई प्रविधिमैत्री सेवा तथा सुविधा उपलब्ध गराउने क्रममा यस बैंकले नयाँ–नयाँ प्रविधिको प्रयोग गरी एप तथा वेबबाट प्रयोग गर्न सकिने मोबाइल बैंकिङ, संस्थागत ग्राहकलाई लक्षित गरी इन्टरनेट बैंकिङ, १०० भन्दा बढी स्थानमा छुटको व्यवस्थासहितको डेबिट तथा क्रेडिट कार्ड, अन्तर्राष्ट्रिय अनलाइन सञ्चारमाध्यमहरु जस्तै– फ्रि फायर, प्राइम भिडियो, वालमार्ट, नेटफ्लिक्स, पबजी, अमेजन, अलीबाबा, गुगल प्ले स्टोर, फेसबुक, आईक्लाउट, गुगुलमार्फत सामान तथा सेवा खरिद गरी वार्षिक ५०० अमेरिकी डलरसम्मको भुक्तानी गर्न मिल्ने ई–कम प्रिपेड कार्ड तथा अन्य ग्राहकमुखी सेवा तथा सुविधामार्फत बैंकिङको परिस्कृत अनुभव ग्राहकबीच ल्याइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ