माधव नेपाललाई फकाउने देउवा प्रचण्ड काईदा राम्रा मन्त्रालय, प्रदेश प्रमुख देखि आकर्षक नियुक्ति सम्म

माधव नेपाललाई फकाउने देउवा प्रचण्ड काईदा राम्रा मन्त्रालय, प्रदेश प्रमुख देखि आकर्षक नियुक्ति सम्म

  • शुक्रबार, भदौ ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

अहिलेको गठबन्धन निर्माण र सरकार निर्माणमा निर्णायक भूमिका खेलेका माधव कुमार नेपाललाई खुसी पार्न प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड लागि परेका छन् ।
प्रचण्डको सहमति लिएर देउवाले सरकार मार्फत माधव नेपाल निकट नेताहरुलाई धमाधम नियुक्ति दिन थालिएको छ भने आकर्षक मन्त्रालय सहित माओवादी हाराहारी नै वा अझै बढी मन्त्रालय दिने तयारी भएको छ ।
केही दिन अघि बागमति प्रदेश प्रमुख फेरीए । जसमा माधव नेपालका मान्छे यादव चन्द्र शर्मा प्रदेश प्रमुख बन्न सफल भए । अहिले रेलले कम्पनीको महाप्रवन्धक पनि माधव नेपाल निकट निरन्जन झालाई नियुक्ति दिईएको छ । सप्तरीका झा माधव नेपालको एमाले समाजवादी निकट राष्ट्रिय युवा संघका उपाध्यक्ष हुन् ।
संभव भयो भने प्रदेश १ र तीन मध्य कुनै एक सरकारको मुख्यमन्त्री समेत माधव कुमार नेपाल पक्षलाई दिन सकिने स्रोतको दाबी छ । प्रदेश एकका मुख्यमन्त्री एमालेभित्र ओली समुहमा रहेका शेर धन राई छन् भने प्रदेश तीनमा भर्खरै पहिला माधव नेपाल समुहमा रहेकी र अहिले ओलीतिर लागेकी अष्टलक्ष्मी शाक्य बनेकी छन् ।
माधव नेपालको एमाले समाजवादीले खुट्टा झिक्नासाथ दुबै सरकार अल्पमतमा पर्ने निश्चित छ ।
यसै गरी अब माधव नेपालको पार्टीको पक्षमा सनाखत हुनासाथ एमाले समाजवादीबाट ६ देखि ७ जना नयाँ मन्त्री बन्दैछन् । देउवाको पक्षमा विस्वासको मत दिने र अहिले एमाले समाजवादी बनाउन भूमिका खेल्ने सांसदहरुलाई मन्त्री बनाउने तयारी माधव नेपालले गरेका छन् ।
स्रोतका अनुसार प्रचण्ड स्वयं पनि बरु आफूले कम मन्त्रालय लिएर भए पनि माधव नेपाललाई सरकारमा सहभागी गराउन चाहन्छन् । देउवाले पनि अहिले सम्म सरकार विस्तार नगर्नुको मुख्य कारण माधव नेपाललाई सहमतिमा ल्याउन हो ।
यसो गर्दा काँग्रेस, माओवादी र जसपाको भागमा कम मन्त्रालय पर्छ तर सरकार आगामी डेढ वर्ष सञ्चालन गर्न सहज हुने छ ।
त्यति मात्रै हैन आगामी निर्वाचनमा समेत यो गठबन्धन टिकाएर अर्को पाँच वर्षसम्म कायम राख्ने सुरमा प्रचण्ड लागि परेको देखिएको छ । भलै त्यो सफल भएन भने पनि कम्तीमा माधव नेपालको एमाले समाजवादी र माओवादी केन्द्रबीच तलदेखि माथि सम्मै तालमेल हुन सक्ने संभावना बढेको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ