सरकारले एक पछि अर्को प्रदेश प्रमुख फेर्दै जाने क्रममा आज बागमती प्रदेश प्रमुख परिवर्तन गरेको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बुुझिएको छ ।
शर्मा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपालनिकट हुन्।
अध्यादेश आएपछि एमाले विभाजनको प्रक्रिया सुरू भएसँगै नेपाल समूहका व्यक्तिलाई सरकारले राजनीतिक नियुक्तिमा स्थान दिन थालेको छ ।
यस अघि सरकारले प्रदेश २, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका प्रमुख पनि परिवर्तन गरीसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline