यथार्थ जानकारी पठाउन भन्दै धितोपत्र बोर्डले काट्यो खानीखोला जलविद्युत कम्पनीलाई पत्र

यथार्थ जानकारी पठाउन भन्दै धितोपत्र बोर्डले काट्यो खानीखोला जलविद्युत कम्पनीलाई पत्र

  • बुधबार, भदौ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाण्डौ, २ भदौ । नेपाल धितोपत्र बोर्डले खानीखोला जलविद्युत कम्पनीसँग यथार्थ जानकारी पठाउन भन्दै पत्र काटेको छ।

खेर गएको बिजुलीबापतको रकमलाई आम्दानीमा जोडेर गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको कम्पनीलाई सेबोनले आज पत्र पठाउँदै यथार्थ जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको असार मसान्तसम्म नेपाल विद्युत प्राधिकरणले समयमा ट्रान्समिसन लाइन नबनाएका कारणले गर्दा खेर गएको बिजुली बिक्री गरेबापत पाउनुपर्ने ४१ करोड ३ लाख रुपैयाँ बढी विद्युत प्राधिकरणसँग दाबी गर्ने र यसबारे प्राधिकरणमा पत्राचार पनि गरिसकेको जनाएको छ। उक्त रकम समीक्षा अवधिको वित्तीय विवरणमा समावेश गरिएको पनि कम्पनीले स्पष्ट पारेको छ।

यसरी खेर गएको बिजुलीको रकम पनि वित्तीय विवरणमा समावेश गर्दा नाफामा विद्युत बिक्रीको आम्दानी ह्वात्तै बढेको देखिएको छ। कम्पनीले समीक्षा अवधिमा विद्युत बिक्रीबापत ५१ करोड २ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ। जब कि अघिल्लो वर्ष विद्युत बिक्रीको आम्दानी ५ करोड १० लाख रुपैयाँमात्रै थियो।
यही विषयलाई लिएर सेबोनले के–कति कारणले हुँदै नभएको आम्दानी वित्तीय विवरणमा सार्वजनिक गरेको भन्दै जबाफ माग गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ