काठमाडौं, २ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत बीमा कम्पनीले यसबर्ष दुई अर्ब बढी नाफा कमाएका छन् । ११ जीवन बीमा कम्पनीले गत बर्ष दुई अर्ब ६३ करोड रुपैयाँ खुद नाफा गरेका हुन्। आर्थिक बर्ष २०७७ र ७८ को वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमध्ये सबैभन्दा बढि नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक नाफा गरेको छ।
नेपाल लाईफले ५३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको प्रति सेयर आम्दानी ७.४४ रुपैयाँ छ। कम्पनीको मूल्य आम्दानी अनुपात (पीइ रेसियो) २५५.२५ गुणा छ। रिटर्न अन इक्विट (पुँजीमा प्रतिफल अर्थात आरओइ) १.४२ प्रतिशत छ।
यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४० करोड रुपैयाँ खुद नाफा गरेको छ। यसको प्रति सेयर आम्दानी ११.८४ रुपैयाँ रहेको छ भने पीइ १००.५७ गुणा र आरओइ ७.४३ प्रतिशत छ। लाइफ इन्स्योरेन्स नेपाल कम्पनीले १९ करोड रुपैयाँ नाफा गरेको छ ।
तेस्रो धेरै नाफा कमाउनेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ३० करोड रुपैयाँ छ भने एसियन लाइफ इन्सोरेन्स कम्पनीको २५ करोड ४३ लाख रुपैयाँ छ।
प्रभु लाइफ इन्स्योरेन्सले १७ करोड रुपैयाँ नाफा गरेको छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीले १३ करोड रुपैयाँ गरेको छ। ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले १३ करोड रुपैयाँ नाफा गरेको छ भने गुँरास लाइफ इन्स्योरेन्सले १२ करोड रुपैयाँ नाफा गरेको छ। यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्सले ७ करोड रुपैयाँ नाफा गरेको छ।