नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब

  • बुधबार, भदौ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, २ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालोको यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

शेयर कारोबार हुने साताको चौथो दिन आज नेप्से ३२.०४ बिन्दुले बढेर तीन हजार १९२.३५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ बिन्दुले बढेर ५९६.६६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड १४ लाख ३१ हजार ८५५ कित्ता शेयर रु १८ अर्ब ८१ करोड ३१ लाख ६४ हजार ९९५ मूल्य बराबरको कारोबार भयो ।

कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्य बढेको छ । होटल तथा पर्यटन ०.३५, लघुवित्त १.५१, सामूहिक लगानीकोष ०.२१ र लगानी ०.२१ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ १४.५, व्यापार २.३८, विकास बैंक २७२.४४, जलविद्युत् ५४.३९, वित्त १०३ं५२, निर्जीवन बीमा २७६.१९, अन्य २४.९२ र जीवन बीमा १११.९७ बिन्दुले बढेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुगेको छ । कारोबारका आधारमा आज नेशनल हाइड्रोपावरक कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७८ करोड ८७ लाख तीन हजार ५२० बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु ६३ करोड ४६ लाख ७१ हजार ९२४, लुम्बिनी विकास बैंक रु ५९ करोड ७६ लाख ९३ हजार ९७६, महालक्ष्मी विकास बैंक रु ५७ करोड ६९ लाख १९ हजार ३७६ र ज्योति विकास बैंक रु ५६ करोड १५ लाख ४४ हजार ८९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

छ कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार आजको कारोबारमा विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त, आँखु खोला जलविद्युत् कम्पनी र महालक्ष्मी विकास बैंक रहेका छन् ।

यसैगरी, एसबिएल डिवेञ्चर ५.८६, एनआइबिएल प्रगति फण्ड ४.६१, एनआइसी एशिया डिवेञ्चर ३.९६, आरएसडीसी लघुवित्त ३.३५ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३.१० प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी