काठमाण्डौ । शेयर बजार आज सामान्य बृद्धि भएको छ । आज नेप्से ०.२३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ३१६०.३१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ अंकले बढेर ५९३.२८ को विन्दुमा झरेको छ। आज कारोबार रकम १८ अर्ब माथि भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक ५.१७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ४.८८ प्रतिशतले बढेको आज जलविद्युत समूहमा ३.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२६ प्रतिशत, लघुवित्त समूहमा ०.०९ प्रतिशत र लगानी समूहमा ०.०६ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूह सर्वाधिक १.७१ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.५३ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९२ प्रतिशत, जीवन बीमा समूहमा १.४१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशतको गिरावट आएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अपी पावरको सर्वाधिक ८६ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।