काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो । अधिवेशन सोमबार मध्यराति १२ बजेपछि लागू हुने गरी अन्त्य गर्ने सिफारिस गरिएको उहाँले बताउनुभयो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले पुनः ब्युँताइदिएको थियो । फैसलामा पाँच दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन भनिएको थियो ।
भदौ ३ गतेदेखि पुनः सुरु भएको प्रतिनिधिसभा बैठक औपचारिकतामा मात्र सीमित भएको भन्दै आलोचना हुने गरेको छ ।
आजै राष्ट्रपतिले सिफारीस अनुसार संसदको अधिवेशन अन्त्य गरेकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline