सामान्य बढ्यो शेयर बजार, १६ अर्बको कारोबार

सामान्य बढ्यो शेयर बजार, १६ अर्बको कारोबार

  • सोमवार, साउन ३२, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

आज कारोबारको दोस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य सुधार भएको हो ।
तर आज कारोबार रकम भने घटेको छ । आज १६ अर्बको मात्रै कारोबार भएको छ । हिजो हाल सम्मकै धेरै २१ अर्बको कारोबार भएको थियो । सोमबार नेप्से सूचक ५.७५ अंकले बढेर ३१६०.०९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा पुगेको छ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक बढेको छ भने ५ वटा उपसमूहको सूचक घटेको छ। अन्य उपसमूह भने स्थिर छ।

मौद्रिक नीतिपछि आइतबार उतारचढाव देखिएको बजार सोमबार भने खासै धेरै उतारचढाव देखिएन। यस दिन कारोबार समयमा बजार केही नकारात्मक देखिए पनि अन्त्यमा सकारात्मक भएर बन्द भएको छ।
यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेश्नल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिद्धि हाइड्रोपावर जीवन विकास लघुवित्तका र खानिखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने रुरु जलविद्युत र हिमालयन उर्जाको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

सोमबार आइसिएफसि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.२७ प्रतिशतले घटेको छ भने माउन्टेन इनर्जिको ५.३३ प्रतिशत, युनियन लाइफको ४.५३ प्रतिशत,ङादी ग्रुप पावरको ४.३३ प्रतिशत र एसविआई बैंकको ३.४१ प्रतिशतले घटेको छ।

यस दिन नेश्नल हाइड्रोपावरको सबैभन्दा धेरै ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल बैंकको ६४ करोड ७० लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको ५४ करोड ८४ लाख, ङादी ग्रुप पावरको ४८ करोड ४८ लाख र अपि पावरको ४७ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ