शेयर बजारमा हाल सम्मकै सबै भन्दा धेरै कारोबार

शेयर बजारमा हाल सम्मकै सबै भन्दा धेरै कारोबार

  • आइतवार, साउन ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

साउन ३१, काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक घटेको छ तर कारोबारमा एैतिहासिक रेकर्ड बनेको छ ।

यो दिन अघिल्लो कारोबार दिनको भन्दा नेप्से परिसूचक २४ दशमलव ८८ अंक घटेर ३ हजार १५४ दशमलव शून्य ३ विन्दुमा बन्द भएको हो । यस वर्षको मौद्रिक नीतिमा मार्जिन कर्जा रकमको सीमा अधिकतम रू। १२ करोडसम्मको तोकिदा लगानीकर्ताहरु बजारमा लगानी घट्ने त्रासमा शेयर विक्री चाप बढ्दा नेप्से परिसूचकमा असर परेको हो ।

३ हजार १६५ दशमलव ७० विन्दुदेखि खुला भएको आइतवारको बजार ३ हजार १०५ दशमलव ३२ विन्दुसम्म झरेको थियो भने ३ हजार १८७ दशमलव १४ विन्दुसम्म पुगेको थियो ।

नेप्से परिसूचकमा करेक्सन आएपनि कारोबार रकमले भने यो दिन ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन रू। २१ अर्ब ६४ करोड ७६ लाख बराबरको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर कारोबार भएको छ ।

यो दिन कारोबार रकमले यस अघि जेठ ३० गते भएको ऐतिहासिक रेकर्डलाई पनि ब्रेक गरेको हो । यस अघि जेठ ३० गते रू। १९ अर्ब ५५ करोड १ लाख ६६ हजार बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर कारोबार भएको थियो ।

आइतवार २२२ ओटा कम्पनीको १ लाख ८९ हजार ७३६ पटकको व्यापारमा हालसम्मकै सर्वाधिक रकमको शेयर कारोबार भएको हो । यो दिन नेपाल बैंकले कुल कारोबार रकममा सर्वाधिक हिस्सा ओगटेको छ । नेपाल बैंकको रू १ अर्ब ५ करोड ४६ लाख ७८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस बैंकको शेयरमूल्य पनि ७ दशमलव ३१ प्रतिशतले बढेर अन्तिम मूल्य रू ५३८ दशमलव ८० पुगेको छ ।

आइतवार उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ३५ प्रतिशत, लघुवित्तको २ प्रतिशत र लगानी समूहको शून्य दशमलव ५६ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक ४ दशमलव १३ प्रतिशतले घटेको छ ।

त्यसतै वित्तको २ दशमलव ८९ प्रतिशत, विकास बैंकको २ दशमलव ७९ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव ७५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ५३ प्रतिशत, अन्यको १ दशमलव ९ प्रतिशत, जीवन बीमाको १ दशमलव शून्य ५ प्रतिशत, व्यापारिकको शून्य दशमलव ९५ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ७५ प्रतिशत र बैंकिङ्ग समूहको शूनय दशमलव ३४ प्रतिशत परिसूचक घटेको छ ।

यस दिन चार ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । खानीखोला जलविद्युत् कम्पनी, जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको १० प्रतिशतले र आईसीएफसी फाइनान्सको ९ दशमलव ५६ प्रतिशतले शेयरमूल्य बढेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ