अफ्गानिस्तानमा रहेका १४ हजार नेपालीलाई तुरुन्त फिर्ता गर्न बाबुराम भट्टराईको माग

अफ्गानिस्तानमा रहेका १४ हजार नेपालीलाई तुरुन्त फिर्ता गर्न बाबुराम भट्टराईको माग

  • आइतवार, साउन ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाडौं । जनता समाजवादी नेपाल जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्काउन सरकारसँग माग गर्नुभएको छ । उहाँले अफगानिस्तानमा सुरक्षा संकटमा रहेका १४ हजार बढी नेपाली कामदारलाई स्वदेश फर्काउन माग गर्नुभएको हो ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराइले कामदार फर्काउन सरकारले आलटाल वा वहानावाजी गर्न नहुने तर्क गर्नुभयो । ‘पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्’, भट्टराइले लेख्नुभएको छ ।

अफगानिस्तानमा पछिल्लो समय तालिवान र सरकारबीच युद्ध चर्किएको छ । कतिवटा शहरहरु तालिवानले आफ्नो तिनयन्त्रणमा लिइसकेका छ । सरकारी संयन्त्र निकम्मा जस्तै भएको छ । जसले गर्दा धेरै सर्वसाधारणले ज्यान गुमाएका छन् भने कयौं विस्थापित भएका छन् । विभिन्न देशले आफ्ना नागरिकलाई सुरक्षित स्वदेश फर्काएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ